जन सरोकार

रुपन्देहीको कोरोना अस्पतालमा एकजना संक्रमितले आत्महत्या गरे

मृतकमा मानसिक समस्या रहेको आशंका

रुपन्देहीको सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।

वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

स्वास्थ्यकर्मी दीपक पाण्डेले दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

घटनाबारे जानकारी दिंदै पाण्डेले भन्नुभयो ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन । एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा मृतकमा मानसिक समस्या रहेको थाहा भयो ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button