राजनीति

प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसंग भेटवार्ता गरेपछि नेकपा सचिवालय बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र मौलाइरहेको समस्या समाधानका लागि यतिबेला सचिवालय बैठक बसिरहेको छ । बैठक अघि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ ।

समाचार सूत्रका अनुसार राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री अपराह्न साढे ४ बजे शीतलनिवास पुग्नुभउको थियो । राष्ट्रपति र प्रधानमन्त्रीवीच करिब ३५ मिनेट कुराकानी भएको थियो । यसअघि नेकपा सचिवालयको बैठक बेलुका ४ बजेका लागि तोकिएको थियो । तर, बैठक साढे ५ बजेका लागि सारिएको थियो । यसवीचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटन्भएको हो ।

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किएपछि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग केहीबेर अलग्गै कुराकानी गर्नुभएको थियो । प्रचण्डसँगको कुराकानी लगत्तै सचिवालय बैठक सुरु भएको छ ।

अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.