प्रदेशलुम्बिनी

लुम्बिनी प्रदेशसभा सदस्य बिमला माओवादी प्रवेश

शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त नगर्न विपक्षी दलहरुको प्रदेश प्रमुखलाई पत्र

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत सदस्यको सिफारिशमा पुनः मुख्यमन्त्रीमा अघि सारेको भए पनि एमाले अल्पमतमा परेको छ ।

दाङ ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेबाट विजयी उत्तरकुमार वलीको निधनपछि तत्कालीन (नेकपा)ले विमलालाई उम्मेदवार बनाएको थियो । सर्वोच्चले नेकपा खारेज गरेपछि महत्वपूर्ण समयमा वलीले माओवादी केन्द्र रोजेकी हुन् ।

वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । यससँगै एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का लागेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । एमालेले संविधानको धारा १६८(१) अनुसार एकल बहुमतको सरकार बनाउन दावी पेश गरेको छ । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय भएपनि ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएकाले ४१ सांसद भएको आफ्नो दलको एकल बहुमत पुग्ने भएकाले सरकार बनाउनुपर्ने एमालेको दाबी छ ।

यसैबीच विमला खत्री वलीको माओवादी प्रवेशसंगै लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसंग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.