प्रदेशलुम्बिनी

विमलाको पार्टी त्यागले रोकेन शंकर पोखरेललाई पुनः मुख्यमन्त्री बन्न

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएकै दिन पुनः मुख्यमन्त्री बन्नुभएको छ । आफूबिरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल चल्ने दिन राजीनामा दिनुभएका पोखरेल नेकपा एमालेको बहुमत सासदको समर्थनमा पुनः मुख्यमन्त्री बन्नुभएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

तत्कालीन नेपाल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित उत्तरकुमार वलीको स्थानमा तत्कालीन नेकपाबाट प्रदेशसभा उपनिर्वाचनमा विजयी विमला वली माओवादी केन्द्र प्रवेश गरे पनि पोखरेलको मुख्यमन्त्रीको ढोका बन्द भएन ।

राजीनामा दिएलगतै एमाले लुम्बिनी प्रदेस संसदीय दलको बैठकपछि उहाँले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभम्एको थिय ।

वलीले पार्टी बदलेपछि पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.