विश्व समाचार

युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताउँदै कुनै पनि युद्धविराम स्थायी हुनुपर्नेमा जोड दिनुभएको छ ।

हमासले ४० दिनको युद्धविराम तथा बन्धकहरू र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान योजनाबारे विचार गरिरहेको छ ।

हमासका एक वरिष्ठ अधिकारी सुहेल अल–हिन्दीले ‘अत्यन्त कम समयभित्र समूहले आफ्नो प्रतिक्रिया दिने’ बताउनुभयो । यद्यपि उहाँले त्यो कहिले हुने अपेक्षा गरिएको छ भन्नेबारे केही बताउनुभएन ।

अज्ञात स्थानबाट फोनमार्फत एएफपीसँग कुरा गर्दै उहाँले कायरोमा वार्ताबाट कतारमा आफ्नो बेसमा फर्केका हमासका दूतहरूले कुनै प्रगति भएको महसुस गरे वा गरेनन् भन्न हतार हुने बताउनुभयो । उहाँले यसको उद्देश्य ‘यो यद्धलाई समाप्त गर्नु’ रहेकामा जोड दिनुभयो ।

यद्यपि यो दक्षिणी गाजामा आफ्नो विशाल स्थल आक्रमणलाई अगाडि बढाउने इजराइलको दृढ सङ्कल्पसँग बाझिएको जस्तो देखिन्छ । वार्ताको जानकार भएको एक स्रोतले कतारी मध्यस्थकर्ताहरूले एक वा दुई दिनमा हमासको प्रतिक्रिया आउने अपेक्षा गरेको बताएको छ ।

स्रोतका अनुसार इजराइलको प्रस्तावमा ‘वास्तविक सुविधाहरू’ समावेश छन् । यसमा युद्धमा प्रारम्भिक विराम र बन्धक तथा कैदीहरूको आदानप्रदानपछि ‘दिगो शान्ति’ को अवधि समावेश गरिएको छ । स्रोतले गाजा क्षेत्रबाट इजराइलको फिर्तीको विवाद सम्भावित मुद्दा बनेको बताएको छ ।

इजराइली सरकारले ‘बुधबार रातिसम्म जवाफको प्रतीक्षा गर्ने’ र सम्झौतालाई अन्तिम रूप दिन कायरोमा दूतलाई पठाउने वा नपठाउने भन्नेबारे पुनः ‘निर्णय गर्ने’ एक इजराइली अधिकारीले एएफपीलाई बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.