जापान

प्रधानमन्त्री आबेद्वारा संविधान संशोधन गर्ने लक्ष्य पूरा गर्न नसकेकोमा खेद व्यक्त

जापानी प्रधानमन्त्री शिन्जो आबेले सन् २०२० सम्म मुलुकको संविधान संशोधन गर्ने लक्ष्य अनुसार काम गर्न नसकेकोमा क्षमायाचना गर्नुभएको छ ।

जापानको संविधान जारी भएको ७३ औं वर्षगाँठका अवसरमा जारी एक सन्देशमा प्रधानमन्त्री आबेले संविधान संशोधन गर्ने आफ्नो लक्ष्यमा पुग्न नसकेको र यसमा कुनै छुट नभएको बताउनुभएको हो ।

तीन वर्षअघि प्रधानमन्त्री आबेले जापानको संविधानको धारा ९ को युद्ध सम्बन्धी धारामा परिवर्तन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्रधानमन्त्री आबेले सन्देशमा आफ्नो आत्मरक्षाका लागि जापानले स्वतन्त्र ढंगले सेना परिचालन गर्नसक्ने गरी संविधानन संशोधन गर्न चाहेको र यसमा सबै पक्षका समर्थन रहेको छ ।

तर पछिल्लो समय विश्व कोरोना भाइरसको महामारीसंग संघर्ष गरिरहेको र जापानमा पनि यसको मारमा परेका बेदला आबेले एक भिडियो सन्देशमा प्रधानमन्त्री आबेले सत्तारुढ दल र संविधान संशोधनको पक्षमा रहेकाहरुको एक सभामा सो सन्देश दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.