जन सरोकार

स्थान अभावपछि वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

वाग्मती नदी किनारमा समेत अस्थायी चिता बनाएर शव जलाउन सुरू

काठमाडौंमा राजधानी काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यधिक भएपछि असुरक्षित रुपमै वाग्मती किनारा शवदाह गर्न थालिएको छ । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि वाग्मती नदी किनारमा समेत अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको हो ।

कोरोना संक्रमितहरूको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ । विद्युतीय शवदाह गृहमा शव लैजाने गरे पनि त्यहाँ क्षमताभन्दा धेरै शव जम्मा भएपछि बागमती किनारमा चिता बनाएर अन्त्येष्टिका काम सुरू गरिएका हुन्।

सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लव पौडेलले बागमती नदी किनारामा आठ वटा अस्थायी चिता तयार पारेर सोमबारदेखि शव अन्त्येष्टि सुरू गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि सेनालाई अनुरोध आएको र शव व्यवस्थापनका काम सुरू गरिसकेको छ ।

पशुपति क्षेत्र विकास कोषसँग समन्वय र सहकार्य गरी विद्युतीय शवदाह गृह र बागमती नदी किनारमा पनि शव अन्त्येष्टि गर्न सुरू गरिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.