कर्पोरेट/पर्यटन

नीति बनेसंगै वाइडबडी जहाजमा वाइफाइ राख्ने तयारी

अन्र्ताष्ट्रिय उडानबाट नेपाल आउने यात्रुहरुले नेपाली आकाशमा प्रवेश गरेलगत्तै इन्टरनेट सुविधा नपाउने नीति फेरिएपछि नेपाल एयरलाइन्सले आफ्ना दुई वटा वाइडबडी जहाजमा वाइफाइ राख्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त नभएका कारण यसअघि जहाज नेपाली आकासमा छिरेसँगै इन्टरनेट सञ्चालनको अनुमति थिएन । प्राधिकरणले नयाँ नीति ल्याएसँगै निगमले वाइडबडी जहाजमा यस्तो सुविधा राख्न लागेको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकासमा समेत इन्टरनेट सुविधा प्रदान गर्न सकिने गरी विदेशी एयरलाइन्सहरुले भने यसअघि नै इन्टरनेट सुविधा उपयोग गर्न पाउने गरी यस्तो प्रणाली जडान गरिसकेका छन् ।

वाइडबडी जहाजमा उच्च गुणस्तरको इन्टरनेट सुविधा राख्न इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरी काम भइरहेको निगमले जनाएको छ ।

जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने र यसले यात्रुको निगमसँगको सन्तुष्टिमा वृद्धि हुने अपेक्षा कम्पनीको छ । जसबाट थप यात्रु आकषिर्त गर्न सहयोग पुग्ने समेत निगमले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.