क्रिकेटखेल

आइपिएलमा हैदराबादको रोमाञ्चक जित, राजस्थान एक रनले पराजित   

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले एक रनको रोमाञ्चक जित दर्ता गरेको छ । बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई  हैदराबादले १ रनले पराजित गरेको हो 

आइपिएल

हैदराबादको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । हैदराबादको लागि नितेश कुमार रेड्डीले ४२ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनमा अविजित रहे भने हेनरिक क्लासेन १९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए ।

त्यस्तै ट्रविस हेडले ४४ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन जोड्दा अभिषेक शर्माले १२ र अमोलप्रीत सिंहले ५ रन बनाए  । राजस्थानका आवेश खानले २ र सन्दीप शर्माले १ विकेट लिए । हैदराबादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो ।

राजस्थानको लागि रियन पराग र यशस्वी जैसवालले अर्धशतकीय पारी खेल्दै क्रमश: ७७ र ६७ रन बनाए भने शिम्रन हेटमायरले १३ र रोभम्यान पावेलले २७ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने  प्याट कमिन्स र टी नटराजनले २–२ विकेट लिए ।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि १३ रन आवश्यक थियो । पहिलो ५ बलमा ११ रन आए पनि अन्तिम बलमा भुवनेश्वर कुमारले रोभमान पावेललाई एलबीडब्ल्यू आउट गर्दै टोलीलाई जित दिलाए । जितसँगै हैदराबाद १० खेलमा ६ मा जित र ४ मा हारसहित १२ अंक जोड्दै  चौथो स्थानमा छ भने समान खेलमा ८ मा जित र २ हारसहित १६ अंक जोडेको राजस्थान शीर्षस्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज मुम्बई इन्डियन्स र कोलकाता नाइटराइडर्स नेपाली समय अनुसार राति पौने ८ बजे मुम्बईमा भिड्दै छन्  ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.