क्रिकेटखेल

सन्दीप भन्छन् – म माथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्नेछु

बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूमाथि षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले अदालतको कानुन र आदेशको सम्मान गर्ने भन्दै यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने प्रतिज्ञा गरेका छन् ।

सन्दीप लेख्छन् ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन् ।’

नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे लगतै सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । पहिलो पोस्टमा हाँसेको इमोजी मात्र सेयर गरेका उनले लामो समयदेखि आफूले पोस्ट नगरेको सबै भगवानको भरमा छाडेको लेखेका थिए । यस्तै, तेस्रोमा उनले आफूमाथि षड्यन्त्र भएको बताउँदै छिट्टै सबैको नाम सार्वजनिक गर्ने बताएका छन् ।

जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.