जन सरोकार

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा, कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प ०८३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-९ बस्ने ५७ वर्षीय बद्री यादवको बिहीबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको आरके मेडिसिटी मुस्हर्निया धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकलमा सवार १ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल चालकलाई उपचार पश्चात नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.