प्रबास

अमेरिकी आइडलमा नेपाली ठिटो दिवेशको छलाङ- उक्लिए टप १० मा

६ वर्षअगाडि उच्च शिक्षा अध्ययनका लागि अमेरका पुगेका दिवेश पोखरेल अध्ययन पश्चात् विश्व सांगीतिक यात्राको अहिलेको उचाईमा पुग्छन् भनेर कसैल सोचेका थिएनन् ।

व्यवस्थापनको विद्यार्थीका रुपमा अमेरिका छिरेर अध्ययन पशचात् संगीतमा लागेको दुई वर्षमै उनी अमेरिकन आइडलको टप १० मा परेका छन् । अमेरिकन आइडलमा आफूलाई ‘अर्थर गन’ नामले चिनाएका नेपाली युवादिवेश पोखरेल टप १० मा प्रवेश गरेर सम्पूर्ण नेपालीको शिर उच्च पारेका छन् ।

दुई वर्षे सांगीतिक यात्रामा यति ठूलो फड्का मारेका दिवेशले अडिसनदेखि नै निर्णायकहरुको तारिफ पाउँदै आएका छन् । पछिल्लो एपिसोडमा उनले जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ ।

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो, मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.