माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
विशेष अधिवेशनप्रति कांग्रेसको असन्तुष्टि, प्रधानमन्त्रीलाई असफल बनाउने निर्णय
सरकार ढाल्न लागिपरेको भए पनि अहिलेसम्म समर्थन फिर्ता नलिएको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सरकारलाई समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको बताउँदै बुधबारदेखि समर्थन फिर्ता हुने जानकारी दिनुभयो ।
यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते आव्हान गरिएको संघीय संसदको विशेष अधिवेशनमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्ने भएको छ ।
मंगलबार कांग्रेस पदाधिकारीहरुको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई असफल बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्