क्रिकेटखेल

जिम्बाब्बे ए बिरुद्ध नेपालको सानदार जित

नेपालले जिम्बाब्बे ए टिमसंगका अन्तिम टी २० खेलमा सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।

यससँगै तीन टी(२० खेलको सिरिज १र१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो ।

आजको खेलमा नेपालको बलिङ र ब्याटिङ दुबै उत्कृष्ट रह्यो । टस जितेर फिल्डिङ रोजेको नेपालको निर्णय सही सावत गर्दै जिम्बाब्बेलाई २० ओभरमा १३६ रनमा सीति गरेको थयो ।

१३७ रनको लक्ष्य पछ्याएको नेपालले १५‍.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर ब्याटर आसिफ सेखले १३ चौका र १ छक्काको मद्दतमा अविजित ८७ रन बनाए । कुशल भुर्तेलले ३४, बसिर अहमदले १५ बनाए । दीपेन्द्र सिंह ऐरी भने शून्यमा अविजित रहे ।

जिम्बाब्बेका लागि ल्युक जङ्वे र बान्डन मुबर्तेले १, १ विकेट लिए । नेपालका लागि भने कप्तान सन्दीप लामिछानेले २, बसिर अहमद र सोमपाल कामीले समान १र१ विकेट लिए । रोहित पौडेलले २ खेलाडीलाई रनआउट गराए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.