प्रबास

खाडीमा रहेका नेपालीहरुको अवस्था के छ ? यथार्थ बाहिर ल्याउने कसले ??

नेपालको अर्थतन्त्र धानेको वैदेशिक रोजगारीको सबभन्दा ठूलो गन्तव्य खाडी मुलुकमा रहेका नेपालीहरुको स्थितिका बारेमा अझै स्पष्ट जानकारी आउन सकेको छैन । खाडी मुलुकहरुमा कति नेपाली कारोना संक्रमित भएका छन् भन्ने अहिलेसम्म यकिन छैन ।

नेपाली कामदारहरू कार्यरत अधिकांश खाडी मुलुकहरूले संक्रमितहरूको राष्ट्रियता नखुलाउँदा ती देशहरूमा कति नेपाली नागरिक कोरोनाभाइरसबाट संक्रमित भए भन्ने यकिन गर्न गाह्रो भएको हो ।

त्यसो त ती देशमा रहेका नेपाली दूताबासले पनि आफ्नो किसिमे पहल नगरेर त्यहाँको सरकारको भर पर्ने गरेका छन् । नेपाली कामदारहरू रहेका विभिन्न देशका राजदूतहरूका अनुसार त्यहाँको सरकारले राष्ट्रियता नखुलाउने नीति लिँदा नेपालीको विवरण पाउन निकै कठिन भएको छ ।

ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेकोमध्येको एउटा देश कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले नेपालीहरू पनि छन् संक्रमणमा तर कतार सरकारले राष्ट्रियता जनाएर तथ्याङ्क नदिँदाखेरि यति नै नेपाली छन् भन्नसक्ने स्थिति नभएको बताउनुभएको छ।

उहाँका अनुसार बीचबीचमा त्यहाँको सरकारले भनेअनुसार नेपालीहरू सिरियस बिरामी त्यति छैनन् सामान्य स्वास्थ्य स्थितिमा छन् । थोरै मान्छेहरू मात्र अस्पताल लगेर उपचार गर्नुपर्ने स्थितिमा छन् । दूतावासका अधिकारीहरूका अनुसार कतार सरकारले कुनै पनि देशका नागरिकहरूको राष्ट्रियता नखुलाई उपचार गर्ने नीति लिएको छ ।

यसबीचमा बहराइनले भने राष्ट्रियता खुलाइएर संक्रमितको संख्या सार्वजनिक गरेको छ । बहराइनमा हालसम्म १ सय ५७ जना नेपालीमा कोरोनाभाइरस संक्रणम देखिएको छ । त्यसमध्ये कति निको भइसके र कति उपचाररत छन् भन्ने तथ्याङ्क भने एकदुई दिनमा आउने छ ।

साउदी अरेबियास्थित नेपाली दूतावासका अधिकारीहरूले पनि कति नेपाली कोरोनाभाइरस सङ्क्रमित छन् भन्ने यकिन जानकारी नभएको बताउँछन् । संयुक्त अरब इमिरेट्स (यूएई) लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार त्यहाँ पनि विगत एक महिनादेखि राष्ट्रियता खुलाएर कोभिड १९ सङ्क्रमितहरूको विवरण सार्वजनिक हुन सकेको छैन ।

नेपाली कामदार रहेका अरब मुलुकहरूमध्ये सबैभन्दा धेरै नेपालीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको भनिएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दास गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)का अधिकांश देशहरूले राष्ट्रियता नखुलाइकन सङ्क्रमितको विवरण सार्वजनिक गर्ने गरेका बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.