पूर्व बडामहारानी कोमलको स्वास्थ्यमा सुधार
कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचाररथ पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । प्लाज्मा थेरापी विधिबाट अस्पतालमा उपचार गराइरहनुभएका पूर्वरानी शाहको अवस्थामा पनि सुधार आएको नर्भिक इन्टरनेशल अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले बताउनुभयो ।

गत बिहीबारदेखि पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको हो । अहिले पनि उहाँको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । उहाँका अनुसार अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।
त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको छ । बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख छ । उहाँ कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्