जन सरोकार

अब काठमाडौँ छाड्नेले पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश सहित १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने थियो ।

मंगलबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

त्यसै गरी उपत्यकाबाट बाहिर जानका लागि यसअघि जारी गरिएका सम्पूर्ण सवासी पास खारेज गरिएको छ । कठमाडौं उपत्यका नयाँ भेरियन्टको कोरोना संक्रमणको हटस्पट बनिरहँदा यहाँबाट अन्यत्र संक्रमण फैलिन नदिन यस्तो आदेश जारी गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.