स्वास्थ्य

मृतक र संक्रमितको संख्या दैनिक नयाँ रेकर्डतर्फ

बुधबार ५८ जनाको मृत्यु, आठ हजार छसय जनामा सङ्क्रमण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने र संक्रमित हुनेको संख्याले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार वितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय ७५ पुगेको छ ।

त्यसै गरी बुधबार थप ८ हजार ६ सय ५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा २० हजार ७ सय ५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । त्यस्तै ६ सय १६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५४ जनामा पोजेटिभ पाइएको छ ।

संक्रमितमध्ये काठमाण्डू उपत्यकामा सर्वाधिक छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ५९ हजार ६६० पुगेको छ ।

वितेको ३ दिनमा मात्रै नेपालमा २३ हजारभदा बढी संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबारदेखि बुधबारसम्म ५३ हजार ५४५ जनाको परीक्षण गरिएकोमा २३ हजार ७१३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार ९ सय ९३ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । हालसम्म दुई लाख ८९ हजार ७८३ कोरोनामुक्त भएका छन् । हाल कोरोनाबाट निको हुने दर ८०.६ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.