राजनीति

प्रधानमन्त्री देउवाले आचारसंहिता उल्लंघन गरेको उजुरीपछि…

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन सत्ता गठबन्धनले आयाेजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न आउँदा निर्वाचन आचारसंहिता उल्लंघन हुने उजुरीपछि हिजो उहाँ निजी गाडीमा सवार हुनुभएको छ ।

प्रधानमन्त्री देउवा भरतपुर आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो ।

सो उजुरीपछि प्रधानमन्त्री देउवा विमानस्थलबाट आफू बसेको होटलसम्म कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नंको ल्याण्डक्रुजर गाडीमा होटल पुग्नुभएको हो ।

श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहनुभएका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ ।”

श्रेष्ठका अनुसार देउवा चितवनमाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नु हुनेछ । उहाँले थप्नुभयो, “सबै खर्च पार्टीले गर्नेछ ।” सभापति देउवा र उहाँको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुनुहुन्छ ।

पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आउनुभएको हो । उहाँका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।”

जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा आउनुभएको हो । उहाँसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आउनुभएको छ ।

सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.