जापान

जापानी मन्त्री निशिमुराद्वारा कोरोना भाइरसको औषधि अनुसन्धानस्थलको अवलोकन

कोरोना भाइरसको औषधिमाथि अनुसन्धान गरिरहेको जापानका एक मन्त्रीले सो औषधि अनुसन्धान स्थलको भ्रमण गर्नुभएको छ । आथिृक पुनरुद्धार मन्त्री निशिमुरा यासुताशीले बुधबार कितासातो विश्वविद्यालयमा भैरहेको औषधि अनुन्धानको अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा निशिमुराले विश्वविद्यालयका अन्य पदाधिकारीहरुसंग पनि छलफल गर्नुभएको थियो । त्यस क्रममा मन्त्री निशिमुराले सरकार कारोना भाइरसको औषधि र खोप विकासका लागि आकस्मिक बजेट विनियोजन गरेको बताउादै सरकार यस्ता कार्यका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

विश्वविद्यालयका प्राध्यापक तथा नोबेल पुरस्कार विजेता ओमुरा सातोशीले एक यौगिक पदार्थको खोज गरी इबरमेक्टिन औषधिको विकास गरेका थिए जुन औषधि परजिवीबाट हुने संक्रमणको उपचारमा प्रयोग गरिन्छ । यही औषधि कोरोना भाइरसको उपचारमा अनुसन्धान भैरहेको छ र विदेशमा गरिएको अनुसन्धानबाट पनि यो प्रभावकारी सावित भएको छ ।

अवलोकनका क्रममा प्राध्यापक ओमुराले मन्त्री मिशिमुरालाई विदेशमा भएको अनुसन्धानको नतिजा देखाउँदै इवरमेक्टिन औषधि प्रयोग गर्ने कोरोना भाइरस संक्रमित बिरामीको मृत्युदरमा कमी आएको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.