जसपा र महन्थ ठाकुरहरुकै सन्दर्भमा
चैत्रको अन्तिम साता ३१ महन्थ ठाकुर प्रधान मन्त्री हुन नहुने ? किन नहुने ?” भन्ने विषयमा लामो बहसको उठान गरेको थिएँ । तर एक त मैले हतार हतारमा लेखेर र टाइप गर्न छोडेर अस्पताल पुग्ने हतारो थियो । यसै पनि मैले लेखेको पढ्न कठिन हुने, त्यसमा पनि कतिपय ठाउँमा स्टार (*) दिएर माथि लगेर थपेको । टाइप गरेर पठाउँदा त्यस्तो सबै छुटेछ । जस्तो किः–
(१) “महन्थ ठाकुर यू.पी. का मुख्यमन्त्री महन्त (योगी) आदित्यनाथ जत्तिको सबै पक्षबाट सक्षम नहोलान्, तुलनायोग्य नहोलान् । तर लोभानी पापानी र इमान्दारिताको मामिलामा योगीभन्दा कम छैनन्” भन्ने मेरो विश्वास छ । भनेकोमा आनको तान परक परेको छ ।
(२) महन्थ ठाकुर अस्वीकार्य हुने किन ? उपशीर्षक अन्तर्गतको तेस्रो परिच्छेदमा “………… यद्यपि “मधेस, तराईवादी” भनेर बदनाम गरिँदै आएका दल र त्यसका नेताहरुलाई तत्कालीन भारतीय राजदूत श्याम शरणले “हमारे देश के पपेड चाइल्ड (पुल्पुलिएका बच्चा)” भनेर भनेकाले महन्थ ठाकुर भारत परस्त हुन्, उनी त्यसैले प्रधानमन्त्री हुन अस्वीकार्य छन् अयोग्य हुन्” भन्ने हो भने शेरबहादुर देउवा गृहमन्त्री भएको बेला उनी र आरजू वीचको “लमी” भएर विहे गराई दिने देखी शुक्लाफाँटा पुगेर रंगरेली मनाएको” भन्ने जस्ता (त्यसबेला हल्ला मात्र नभई कतिपय संचारमाध्यमहरु मर्फत् सार्वजनिक भएको) कुरालाई बेवास्ता गरेर उनै देउवालाई नेपालले चारपटकसम्म प्रधानमन्त्री बनाए नपुगी अहिले पनि उनै देउवालाई सत्ता सुम्पिन सबैतिर प्रयास भई रहेछ, किन ?” भनेर लेखेकोमा केही शब्दावली वा पदावली नै छुटेको र जे जसरी आयो अस्पष्ट, उल्टो पुल्टो र अर्थको अनर्थ लाग्ने गरी आएको छ ।
(३) माथि उल्लेख भए गरिएका गम्भीर त्रुटी, गल्तीहरुबाहेक साना तिना टाइपिङ र भाषिक अशुद्धि नभएका होइनन्, छैनन् । त्यसैले उक्त चैत्र ३१ गतेको लेख पढ्नु भएका आदरणीय पाठक महोदय सक्षम त्यस लेखलाई यसै अनुसार सुधारिएको रुपमा पढिदिनु हुन बुझिदिनु हुन क्षमायाचनापूर्वक विनम्र निवेदन गर्दछु ।
पाठक प्रतिक्रियाः–
उक्त लेख प्रकाशित भएपछि “नेपाल जापान डट कम” का संचालक/संपादक मित्रहरुले साभार गरी आफ्नो अनलाइन पत्रिकामा राखिदिनु भएछ । अहिले पत्रपत्रिकाहरुमा भन्दा पाठकहरुको रुची र ध्यान त्यस्तो (अनलाइन) पत्रिकाहरुतिर रहेछ । त्यसरी अनलाइनमा राखि दिएपछि पाठक महोदयहरुको प्रतिक्रिया निकै आउने गर्दो रहेछ । यसभन्दा अघि पनि यस्तो अनुभव गरेको थिएँ । तर यस पटक उक्त (महन्थ ठाकुर सम्बन्धी) लेख बारे अनपेक्षित मात्रामा प्रतिक्रियाहरु आए । त्यस्तो प्रतिक्रिया पनि विरोधाभाषी थिए ।
यसै सन्दर्भमा के कुरा कुनै पनि लेखकले हेक्का राख्नु पर्छ र राखेकै हुन्छ भन्ने लाग्छ भने लेखक जति स्वतन्त्र भएर वा महसूस गरेर आफ्ना विचार विश्लेषण प्रस्तुत गर्दछ । “सच्चा र स्वतन्त्र पाठकले पनि “लेखक जतिसुकै निकस्थ मित्र होस् वा दुष्ट, भ्रष्ट निकृष्ट व्यक्ति किन नहोस् । उसले (पाठकले) पनि निस्पृह, निरपेक्ष, आग्रह, दुराग्रह वा पूर्वाग्रह भन्दा पर वा माथि रहेर हेर्ने र लेखको भावना वा अभिव्यक्तिको विश्लेषण गरी आफ्नो निष्कर्ष निकाल्ने गर्छन्” । पत्रकारिताको दर्शन वा मूल सिद्धान्त पढ्दाको कुरा पूर्णत् नै ठीक हो रहेछ भन्ने ठार्ने । यो कुरालाई आदरणीय उक्त दुवै खाले प्रत्यक्ष आएका सकारात्मक वा निषेधात्मक प्रतिक्रियाहरुले परिपुष्टि गरेको थियो ।
त्यो सब हुँदाहुँदै पनि जे जतिबाट जे जस्तो सकारात्मक प्रतिक्रिया आएको पाएँ । मैले अनुमान नै गर्न नसकेका घनिष्ट केही मित्रबाट उही सयौं वर्ष देखिको “मधेस तराई वासीहरुप्रतिको” अनुदार पहाडे, संप्रभूता र सर्वकालिन सर्व सत्ता र प्रभुत्ववादी वासी मानसिकता वा नजरियाको स्पष्ट झझल्को झल्काई प्रतिक्रिया आयो । जुन उनीजस्ता सबै विषयमा उदार समतामूलक अभिव्यक्ति दिने गरेको पृष्ठभूमिसँग नितान्त विपरित प्रतिक्रिया आए पाएको ठानें ।
फेरी पनि दोहो¥याए भनौं जति लेखकले अभिव्यक्ति स्वतन्त्रता पाएको र त्यसको उपयोग गरिरहेको हुँ भन्ने ठानेको हुन्छ, पाठकलाई पनि लेखको धारणा, विश्लेषणलाई सकारात्मक वा नकारात्मक रुपमा हेर्ने र प्रतिक्रिया दिने पूर्ण स्वतन्त्रता प्राप्त छ भन्ने लाग्छ । अझ सकारात्मक दृष्टिले हेर्ने र प्रतिक्रिया दिएका त्यस्ता विरलाक कोटीमा परेका आदरणीय पाठक प्रति यसर्थ बढि कृतज्ञता प्रकट गर्नु पर्ने र हृदय त धन्यवाद ज्ञापन गर्नुपर्ने आफ्नो प्रथम कर्तव्य ठानेको छु किनभने त्यति “मन नपरेको” लेख आद्योपान्त पढ्ने र आफ्नो मूल्यांकन वा प्रतिक्रिया दिने धैर्यता र उदारतापूर्ण कृपा गर्नु भयो । जेहोस् ।
आफू स्पष्ट हुन सकिन ?
“तराई मधेसवादी पार्टी” भनेर बदनाम जसपालाई सत्ता र शक्ति लागि मरिहत्ते गर्नेहरुको नितान्त “स्वार्थ समूह”भनेर गैर मधेस तराई वादी सबै जसो दलले अहिले पनि भात पानी चूलो चौको वार्ने गरि आएको एकातिर देखिन्छ, सुनिन्छ । अर्कोतिर एक दुई साना खुद्रे आफ्नो इलाका (क्षेत्र वा जिल्ला) मा जमेरै रमिरहेका, राष्ट्रिय पार्टी बन्ने हैसियत र आकांक्षा नबनाएका पार्टी, बाहेक ठूला “खान्दानी” पार्टीहरुले निर्वाचनको मुखमा पुगेपछि “मधेस तराईलाई कसरी फकाउने र बोट बैंक बनाउने” भन्नेमा ध्यान केन्द्रित गरेर घोषणा पत्र जारी गर्दै गर्ने होड मच्चाई रहेको देखिन्छ । तर उनीहरु तराई मधेसमूलका वा उत्पक्तिका कसैलाई पनि सत्ता नियन्ता बनाउने प्रतिबद्धता त्यस्ता पार्टीका नेता मात्रले नभई स्वयं जसपाका स्थापित नेता महन्थ ठाकुर वा उपेन्द्र यादव समेतले दावी गर्न सकेका छैनन् । किन ?
अहिले अतीतको खाडलमा पुरिइसके पनि हिजो सम्म संसदमा १०–१२ सीट सम्ममा सीमित रा.प्र.पा.का दुवै समूहले कुनै बेला आफुहरुलाई “अछुत” भन्दै मान्दै आएकै दलका नेताहरुलाई आफ्ना खुट्टा, ढोगाएर उनकै टाउकोमा चढी सिंहदरबारको सत्ता सिंहासनमा पुगेका थिए भन्ने हेक्का महन्थ उपेन्द्रहरुले राख्न, नसकेको किन ? यसले पंक्तिकारलाई उहिले आफू कार्यरत, सूदूर पश्चिमका केही जिल्लामा तथाकाथित उच्च र अभिजात्य वर्ग समुदायकाले पानीको धारा समेतमा “तल्लो (दलित) जातिको” भनेर वार्ने, पानी खान त के छुन पनि नहुने भन्ने, तर रात परेपछि भने तिनै (दिनभर पानी नचल्ने र छोइछिटो बार्ने) जाति समूहका यूवाहरुमात्र नभई प्रतिष्टित प्रौढहरु समेत उनै (दलित)का घर छाप्रोमा पुगेर तिनैका नानीहरुसँग रक्सी साटासाट गर्दै रातभर सहवास गर्ने गरेका घटना परिघटनाको परिदृश्यलाई महन्थ उपेन्द्रहरुप्रति पुनरावृत्ति गरेर देखाई रहेजस्तो लागि रहेछ ।
राजनीतिक शास्त्रलाई पनि विज्ञानकै रुपमा लिइन्छ । तर २ जोड २ को उत्तर चार नभई कहिले ५ र कहिले ३ मात्र पनि हुन्छ भन्ने छ । त्यसै राजनीति सरल रेखाबाट भन्दा बाङ्गो र उल्टो बाटोमा हिड्दा पनि गलत वा अनहोनी मानिदैन, ठानिंदैन । अहिलेकै कुरा गरौं । राजनीतिमा जहिले पनि ठूलो दलको निर्णायक भूमिका हुन्छ, त्यो स्वाभाविक हो । तर अहिले प्रतिनिधि सभामा “तेस्रो” भनेर भनिदै आइएको जसपा नै सबैभन्दा शक्तिशाली र निर्णयमा शक्ति केन्द्र बनेको स्थिति छ । यस्तो जसपाका लागि झण्डै विरलै आउने स्वर्णिम मौका हो । यस्तो अवसरमा त्यस दलका सार्वजनिक छवि र उचाई अन्य ठूला दलका नेताभन्दा कुनै हिसाबले कम नभए देखिए मानिएका महन्थ ठाकुर र उपेन्द्र यादवहरुमध्ये कुनै एउटा नेता नेपालको शासन सत्ता नियन्ता बनाउनेतिर अघि बढ्दैन, किन ?
आजसम्म “नेपालको मध्यवर्ती क्षेत्र (स्पष्ट त पहाडी) मूल कूलका व्यक्ति र शक्तिहरुले तराई मधेसलाई आर्थिक रुपमा मात्र नभई राजनीतिक र शासन प्रशासनका दृष्टिले पनि आफ्नो मौजा वा प्रभुत्वको क्षेत्र मात्र बनाए” भन्दै आफूहरु तिनैका दया कृपाबाट दिइएको सत्ताको लित्को पित्को (कैलो शब्द प्रयोग नगरौं) मा सन्तुष्ट हिजोका एयरपोर्टका सामान चोरैकै सम्पत्तिले आफूलाई वरिष्ठ नेता बनाएका योग्यता, क्षमता चरित्र इमान्दारिताको विगत –इतिहास)ले सरकारको नेतृत्व दावी गरे दुनियाँ हाँस्नेछ, स्पष्ट छ ।
तर महन्थ अझै अरुकै (खास गरी सत्ता कै) पत्ता भइ तिनै व्यक्ति रिझाएर उनकै दया कृपामा आफ्ना झिनामसिना माग पूरा गराउन हाराकिरी गरेर लागि परेको किन ?
नीतिमा भनिएको छ । “निचैर्गच्छति उपरि च दशा चक्रनेमि क्रमेण (भाग्य भनेको रथको चक्का जस्तै गरी तलमाथि भएर हिंड्छ) आज “तराई मधेसवासी र भाषी मात्रै नभएर त्यसबाहेकका न्यायप्रेमी र सबै क्षेत्र जाति, वंश र उत्पत्तिका व्यक्ति र शक्तिले पनि यथा समयमा राज्यको शासन सत्ता नियन्ता बन्ने अवसर पाउनुपर्छ । त्यसका लागि इतिहासमा नै पहिलो पटक “तराई मधेस” भूमिका सन्तानलाई त्यस्तो अवसर प्राप्त भएको छ । त्यो पनि महन्थ र उपेन्द्रलाई (अन्य धुमिल चरित्र र छापेका अगाडि सरे वा सारिए गुम्नेछ” भन्ने आम धारणा बनेको छ ।
यस्तो अवस्थाको सदुपयोग गर्नेतिर भन्दा “जसले शासन सत्ता नियन्ता बनेर मधेस तराईमा घटेघटाइएका अपराधको आरोपमा दर्जनौं झूठा मुद्दा लगाईयो, तिनीहरु सबै माथि लगाइएका मुद्दा सरकारले फिर्ता लिएर आफ्नो पार्टीको टिकटवाट प्रतिनिधि, सभाका लागि निर्वाचित रेशम चौधरीको रिहाईको माग तेस्र्याएर “कामकुरो एकातिर कुम्लो बोकी थिमीतिर”, अथवा “मालती गीत गाउँदै हिड्ने बेला मातमीधून बजाउनेतिर लागेको देखिरहेका दुनियाँले प्रश्न गरिरहेछन्– “उनीहरु साँच्चिकै झूठा मूद्दामा फसाईएका हुन कि अपराधिक गतिविधिमा नै संलग्न थिए ? हिजो जुन व्यक्तिको नेतृत्वको सरकारले पक्राउ ग¥यो मुद्दा चलायो उसले तराई मधेसवादीहरुलाई आफ्नो सत्ता बचाउन भय दोहन (ब्ल्याकमेल) गरेको हो? कि त्यस्ता अक्ष्यम्य र ऐन कानूनले मुक्ति दिनै नमिल्ने गम्भीर फौजदारी अपराध गरेकालाई उन्मुक्तिको माग तेस्र्याएर प्र.म. ओलीसँग ब्ल्याकमेल गरिरहेको हो ।”
हो, जसपाले माग गर्नु स्वाभाविक हो र उसको हक अधिकार पनि हो । तर “संविधान, ऐन, कानूनको पूर्ण सम्मान र परिपालन गर्दै विधिसम्मत राज्यको शासन सत्ता संचालन गर्ने” शपथ खाएका व्यक्तिले जसरी आज सत्ता धरापमा परेको बेला “हिजो झूठो मुद्दा लागेका र कानून अनुसार उन्मुक्ति दिन मिल्ने सकिने” देखेर १५ किसिमका आरोपमा परेका १२० जनालाई रिहा गरेको र बाँकीलाई क्रमशः उन्मुक्ति दिदै जाने” जुन सरकारमा मन्त्रीहरु र प्रवक्ताले भन्दै आएका छन्, त्यसलाई सचेत वर्ग मात्र होइन ।
आम नागरिकले कसरी बुझ्ने ? अहिले सरकार आफ्नै राज्यका विधि विधान कानूनका पवित्रतम प्रावधानको सम्मान गर्नेभन्दा शासन सत्ता नियन्ताले मैमत्ता अन्धो हात्तीले जस्तो अथवा कुख्यात बलात्कारीले मन लाग्दी वलात्कार गर्दै हिडेजस्तो गरि आफ्नो सत्ता बचाउन स्वयं गम्भीर अपराध गर्न तम्सेको भन्नेहरुलाई के जवाफ दिने ? उनीहरु छुटेका वा छुट्न बाँकी रहेकाहरु उपर हिजो साँच्चिकै झूठा मुद्दा चलाईएको भए सरकारले कुनै पनि निरपराध नागरिकलाई आफ्नो अधीनस्थ सुरक्षाकर्मी लगाएर किन पव्रmाउ ग¥यो, मुद्दा लगाएर वर्षौंसम्म थुनामा राख्यो ? माथि भनेझैं उनीहरुबाट त्यस्तो गम्भीरतम फौज्दारी अपराध भएको हो भने “सरकारमा पुगेका नेताबाटै अपराधको राजनीतिकरण गर्ने र जसपाले राजनीतिको अपराधीकरण गर्ने” परिपाटी बसाउनेमा सहमति सम्झौता भएको वा हुन लागेको हो ? यो यौटा अँध्यारले गम्भीर भविष्यको विस्तृत विश्लेषणको विषयमा यत्ति ।
यतिबेला जसपाका नेताहरुलाई मेरा केही मित्रहरु देखी “उग्रराष्ट्रवादी मण्डले कुण्डलेहरुसम्मले” मधेस तराई भूमिमा जन्मेका नेता र उनीहरुले गठन गरेर नेतृत्व गर्दै आएका पार्टीहरुलाई एकमुष्ट सोलो डोलो रुपमा नेपालको “मधेस तराईवादी” सबै पार्टीहरुलाई “नेपालका अतिसंवेदनशील भू–अवस्थितिमा रहे भएको विपन्न र अति शक्तिहीन मूलुकको सार्वभौमिक स्वतन्त्रता राष्ट्रिय अक्षुण्णुता अखण्डता प्रति संवेदन छैनन्, हुँदैनन् । बरु स्तरहीन लोडर तस्करहरु त्यस पार्टीमा भेटिन्छन्, देखिन्छन् ।” भन्ने आरोप आक्षेप लगाउने गरेको देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्