स्वास्थ्य

आज पनि संक्रमितका संख्यामा नयाँ रेकर्ड, नौ हजार ७० जनामा पुष्टि

कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको नेपालमा बिहिबार अहिलेसम्मकै सबैभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्न थालेपछि ५२ भन्दा बढी जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएपछि संक्रमण घटेको छैन ।

पछिल्लो २४ घण्टामा नौ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले यो संख्या हालसम्मकै बढी रहेको बताएको छ । बुधबार बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार २० हजार ३ सय ६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार सातसय ७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.