जन सरोकार

ठूलो मात्रामा अक्सिजन सिलिन्डर नियन्त्रणमा

नियन्त्रणमा लिइएका सिलिन्डर विभिन्न अस्पतालहरुलाई वितरण

कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भएपछि सरकारले लुकाइ राखिएका सिलिण्डरहरुको खोजी गर्न सुरु गरेको छ । यसै क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ठूलो मात्रामा सिलिण्डर नियन्त्रणमा लिइएको छ । बिहिबार विभिन्न स्थानबाट बिहीबार ६ हजार ७ सय ८४ थान अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको हा्े ।

काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन र सुरक्षा निकाय सम्मिलित टोलीले ती अक्सिजन सिलिन्डिर नियन्त्रणमा लिएर विभिन्न अस्पताल र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

कान्तिपुरका अनुसार नियन्त्रणमा लिईका सिलिण्डरहरु त्रिवि शिक्षण अस्पताललाई ५ सय थान, नेपाल मेडिकल कलेज जोरपाटी, आत्तरखेललाई १ सय ५०, वीर अस्पताललाई १ सय, महेन्द्रनारायण निधी अस्पताललाई ६० र शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुलाई १ सय ३० थान सिलिन्डर हस्तान्तरण गरियो ।

यस्तै, भक्तपुर अस्पताललाई १००, सिभिल अस्पताललाई २ सय ५०, ललितपुरस्थित समित अस्पताललाई ४८, काठमाडौं मेडिकल कलेजलाई ४ सय, पाटन अस्पताललाई २ सय, सशस्त्र प्रहरी अस्पताललाई ३ सय, प्रहरी अस्पताललाई २ सय र पिपुल्स डेन्टल कलेजलाई १ सय थान सिलिन्डर हस्तान्तरण गरिएको छ ।

यस्तै, लुम्बिनी प्रदेश अन्तर्गतका अस्पताललाई दिने गरी लुम्बिनी सरकारलाई १ हजार र सुदूरपश्चिम सरकारलाई ३ सय थान सिलिन्डर उपलब्ध गराइएको छ ।

काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले बाँकी सिलिन्डर स्वास्थ्य मन्त्रालयले मागेअनुसार सूची बनाएर उपलब्ध गराइने पनि बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.