जन सरोकार

अतिआवश्यक बाहेकका सेवा बन्द

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले शुक्रबारदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कार्यालयले शुक्रबारदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ । कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुचारु गर्ने गरी कम्पनी दर्ता, कम्पनी प्रशासन र अभिलेखसम्बन्धी अत्यावश्यक परेकाबाहेक अन्य कार्य बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले कार्यालयको सो निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी रहेकोसमेत बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.