जन सरोकार

टुकुचा संरक्षणका लागि बाटो खोल्यो अदालतले

उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ ।

काठमाडौँ महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो ।

अदालतले गरेको फैसलाको पूर्णपाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुन अनुसार नदीमाथिको जग्गा लिइएको हो वा होइन भनी नापी कार्यालयलगायत सरोकार भएका निकायसँग बुझ्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो ।

“खोला भएकाले यसको पहिचान हुन्छ । यससँग जोडिएको जमिन सार्वजनिक हुन्छ”, उच्च अदालतको पूर्णपाठबारे उहाँले सुनाउनुभयो । कानुनबमोजिम जग्गा प्राप्ति गरेको भए लगत कट्टा गर्ने महानगरपालिकाको तयारी छ । लगत कट्टापछि फेरि काम सुरु गर्ने मानन्धर बताउनुहुन्छ ।

अदालतका प्रवक्ता मन्दिरा शाहीले पनि टुकुचा ढल नभइ खोला नै भएको फैसलामा उल्लेख गरिएको जानकारी दिनुभयो ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहले आइतबार नै सामाजिक सञ्जालमा अदालतको फैसलापछि विधिसम्मत तरिकाले महानगरपालिकाले सुरु गरेको खोला र त्यसको दायाँबायाँको जग्गाा संरक्षण गरिने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.