राजनीति

लिपुलेकमा भारतको अर्को ज्यादती- बनायो मानसरोबार जाने सडक

नेपालको सिंगो राजनीतिक र प्रशासनिक संयन्त्र कोरोना भाइरस संक्रमणबिरुद्ध संघर्ष गरिरहेका बेला भारतले नेपालमाथिको ज्यादतिलाई अरु बढाएको छ । केही महिनाअघि नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेको भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्ग खोलेको छ ।

नेपालले भारतको नक्साको चर्को बिरोध गरी कूटनीतिक नोट समेत पठाइसकेका बेला भारतले नेपाली पक्षसँग कुनै सल्लाह नै नगरी निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको हो ।

भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि मिचेपछि उत्पन्न समस्या कूटनीतिक माध्यममार्फत समाधान नभइरहेको अवस्थामा फेरि नेपाली भूमिबाटै एकतर्फी रुपमा चीनसँग सीमा जोड्ने नाकासम्म सडक मार्ग निर्माण गरेको हो ।

भारतीय रक्षामन्त्री सिंहले भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उदद्धघाटन गर्नुभएको हो । सडक बनेको लिपुलेक क्षेत्र नेपाल–भारत सीमानाको लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.