राजनीति

प्रधानमन्त्री ओलीको पिसिआर नेगेटिभ

प्रेस सल्लाहकार, स्वकीय सचिव र उपसचिवलाई पुनः सङ्क्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस परीक्षण नेगेटिभभ आएको छ । उहाँ प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई भने पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।



यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उहाँका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो ।

विशेष अधिवेशनको संघारमा दुई मन्त्रीसहित २६ सांसदलाई कोरोना

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button