जापान

एनआरएनए सेन्दाईको रक्तदान कार्यक्रममा ५१ जनाले गरे रक्तदान

नेपालीहरुको बाक्लो उपस्थति रहेको जापानको सेन्दाईमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए क्षेत्रीय समिती सेन्दाइको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

आज वैशाख २५ गते तदनुसार मे ७ तारिखमा सम्पन्न रक्तदानमा ५६ जना सहभागी भएकोमा ५ जनाको भने रक्त संकलन गर्न नसकिएको एआरएनए सेन्दाइले जानकारी दिएको छ ।

सक्तदान कार्यक्रम सम्पन्न भएपछि एनआरएनए, क्षेत्रीय समिती सेन्दाइ सचिवालयले एक विज्ञप्ति जारी गरी रक्तदान कार्यक्रमलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ ।

रक्तदाताहरुको खुराकका लागि शक्तिवद्र्धक पेय, फलफूल र कुखुराको मासु उपलब्ध गराइएको थियो । कुखराको मासु कुमारी रेस्टुरण्ट मार्फत सहयोग स्वरुप प्राप्त भएको थियो भने बाकी खर्च सहआयोजकहरुले व्यहोरेका थिए ।

रक्तदान कार्यक्रमका सह आयोजकहरुमा सुदूरपश्चिमेली नेपाली समाज सेन्दाई, नेपाली जनप्रगतिशील मन्च नेपाल, नेपाली जनसम्पर्क समिति सेन्दाई, प्रवासी नेपाली मन्च सेन्दाई र प्रवास नेपाली सम्पर्क विभाग रहेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.