जापान

कोरोना उपचारमा नयाँ सम्भावना- जापान सरकारले दियो औषधि प्रयोगको अनुमति

विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस उपचारका लागि भाइरस संक्रमणको औषधि तथा खोप पत्ता नलागेका बेला जापानले भने चिकित्सकहरुलाई भाइरस प्रतिरोधी औषधि प्रयोग गर्न अनुमति दिएको छ ।

यसअघि जापानी विशेषज्ञहरुले कोरोना उपचारमा प्रभावकारी हुने दावी गर्दैआएको रेमडेसिविर नामक औषधि कोरोना भाइरस उपचारका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको हो । स्मरणीय के छ भने अमेरिकाले पनि यो औषधिलाई आपतकालिन उपयोगको स्वीकृत दिएको थियो ।

यो औषधि इबोलाको उपचारका लागि अमेरिकी कम्पनी गिलियस साइन्सेजले विकसित गरेको थियो । कोरोना उपचारमा उपयोग गर्न स्वीकृति दिइए पनि यसको आपूर्ति भने सीमित मात्रामा हुनेछ । तत्कालाई यसको प्रयोग गम्भीर लक्षण भएका बिरामीहरुको उपचारमा प्रयोग गरिनेछ ।

रेमडेसिविरसंगै जापानमा कोरोना उपचारका लागि अर्को औषधिलाई पनि अगाडि सारिएको छ । कितासातो विश्वविद्यालयका शोधकर्ताहरुको नेतृत्वको एक समूहले बताए अनुसार उनीहरुले रोग प्रतिरोधक औषधि बनाएका छन्, जुन भाइरस प्रतिरोधी छ । यसको परीक्षणबाट अधिकांश कोसिका भाइरसबाट संक्रमित नभएको पाइएको छ

कितासातो विश्वविद्यालयका प्राध्यापक कातायामाा काजुहिकोले कोरोना भाइरसको उपचारका लागि रोग प्रतिरोधक औषधिको उपयोगबाट अन्य कैयौं उपाय खुल्दै जाने र कोरोनाको उपचारमा नयाँ कीर्तिमान बन्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.