जल/वातावरण

थप सात जानामा कोरोना संक्रमण- संक्रमितको संख्या एक सय नौ

नेपालमा कोरोना संक्रमितको संख्या १०९ नौ पुगेको छ । शनिबार विहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत उदयपुर पर्सा र कपिलवस्तुमा गरी सात जानामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार नयाँ कोरोना संक्रमित उदयपुर, कपिलवस्तु र पर्साका हुन् । उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.