जल/वातावरण
क्वारेन्टाइनबाट घर पठाउनै लाग्दा आरडीटी परीक्षणमा देखियो पोजेटिभ

प्युठानमा क्वारन्टाइनमा बसेका दुईजनालाई आरडीटी परीक्षण गरेर घर पठाउने तयारी भैरहेका बेला परीक्षणको नतिजा पोजेटिभ आएको छ । पोजेटिभ देखिएका दुई जना पुरुषको उमेर उमेर २० वर्षदेखी ४५ वर्षबीचको रहेको छ ।
प्यूठान नगरपालिका–२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका उनीहरुमा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताउनुभयो । थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि उनीहरुमा कोरोना संक्रमण भए, नभएको पुष्टि हुनेछ ।
क्वारेन्टाइनमा बसेका उनीहरुलाई शनिबार आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएपछि पुनः क्वारेन्टाइनमै राखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्