राजनीति
अविश्वासको पक्षमा मतदान गर्ने कांग्रेस संसदीय दलको निर्णय
प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने
वैशाख २७ गते संघीय संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने नेपाली कांग्रेसले निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
बैठकको सुरुमै बैठकमा सभापति देउवाले जसरी पनि यो सरकारलाई विस्थापित गर्ने बताउँदै विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन सांसदहलाई निर्देशन दिंदै यो सरकार बदल्नुपर्ने बताउनुभयो ।
त्यसपछि दिलेन्द्रप्रसाद बडू, गगनकुमार थापा लगायत सांसदहरुले आफ्नो धारणा राख्दैप्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने मत राखेका थिए ।
प्रतिक्रिया राख्नुहोस्