वरिष्ठ नेता नेपालसंग र ओली पक्षका नेता पौडेल र नेम्वाङबीच छलफल
पार्टी एकता कायम राख्नुपर्नेमा सहमत, समाधान र सहमतिका आधार खोज्न बाँकी
पार्टी एकताको त्यान्द्रो चुँडिन मात्र बाँकी रहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल र ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने चर्चा संचारमाध्यममा आइरहेका बेला भएको छलफलमा पार्टी एकता कायम राख्नुपर्नेमा विमति नभए पनि सहमतिका आधार र समाधानका उपायबारे भने केही छलफल भएको छैन ।
सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राख्द्रै पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद नभएको बताउनुभएको थियो ।
नेम्वाङले कुरा सकरात्मक भएको तर सहमति नभएको बताउँदै बाहिर भनेको जस्तो राजीनामा होइन । अध्यक्ष ओली र नेपालबीच छलफल र टेलिफोन कुराकानीका आधारमा आफूहरु छलफलमा बसेको जानकारी दिनुभयो ।
तर उत्पन्न विवाद र समस्या कसरी समाधान गर्ने ? केके आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उहाँले बताउनुभयो ।
त्यस्तै छलफलमा सहभागी अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका सांसदहरूले राजीनामा दिने कुरा आफूले नपत्याउने बताउनभएको छ । नेपाल पक्षका सांसदहरुले राजीनामापत्र बोकेर बसेको बताइरहँदा उहाँले कोही सांसदले राजीनामा दिनेजस्तो कुरा आफूलाई विश्वास पनि नलागेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्