जन सरोकार

अपरिचित व्यक्तिले दिएको नखानू

केही दिनयता राजधानीमा अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन खाँदा मानिस बेहोस हुने गरेको पाइए पछि नेपाल प्रहरीले नचिनेका व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरेको छ ।

पुलिस

स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो ।

प्रहरीले आइतबार सार्वजनिक सूचना जारी गरी निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.