राजनीति

धनुषा र रुकुम पश्चिममा राप्रपा उम्मेदवारमाथि आक्रमण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरुमाथि आक्रमण गरिएको बताएको छ ।

सोमबार राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै धनुषामा आफ्ना उम्मेदवारमाथि एमालबाट रुकुम पीश्चममा माओवादीबाट आक्रमण भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

विज्ञप्तिमा धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि नेकपा एमालेबाट सांघातिक हमला भएको जनाइएको छ ।

मियामाथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनीसहित परिवारका ७ जना सदस्यमाथि सांघातिक हमला भएको विज्ञप्तिमा उल्लेख छ ।

यसै गरी रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीलाई चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताहरुले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने लगायतका गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

यसले जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको भन्दै राप्रपाले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.