जिम्बाबे ‘ए’संगको एकदिवसीय श्रृङ्खला नेपाललाई
नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रलाई एकदिवसीय श्रृङ्खलामा पराजित गरी उपाधी जितेको छ । नेपालले जिम्बाबे ए टोलीलाई अन्तिम खेलमा ६ विकेटले पराजित गरी उपाधी चुमेको हो ।

वर्षाका कारण ३३ ओभरमा छोट्याइएको फाइनल खेलमा जिम्बाबेले दएको २१४ रनको वजयी लक्ष्य कुशल भुर्तेल र दीपेन्द्रसिं ऐरीको अद्र्धशकको मद्दतले नेपालले १७ बल बाँकी छँदै पूरा गर्यो ।
नेपालका सुरुवाती ब्याट्सम्यन कुशल भुर्तेलले ८४ रन बनाए भने दीपेन्द्रसिं ऐरी ६० रनमा अविजीत रहे । त्यस्तै आसिफ शेखले २९, बिनोद भण्डारीले २९ र सुनिल धमलाले ९ रन बनाए भने रोहित पौडेले खाता खोल्न सकेनन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।
जिम्बावेका लागि टाडीवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए भने कुड्जाई मौन्जेले ३९ रन जोडे । त्यसैगरी रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वी १९ रन जोडे ।
बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले दुई विकेट झारे । त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान एक/एक विकेट हात पारे ।
प्रतिक्रिया राख्नुहोस्