राजनीति

‘भ्रष्टाचारको छानबिन माग गर्दा लैंगिक हिंसा कसरी भयो ?’

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले भूटानी शरणार्थीका नाममा ठगी गर्नेका बारेमा यथार्थ छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

सांसद डा‍. तोसिमा कार्कीले शरणार्थी काण्डमा ठूला नेताको हात रहेको खुल्न आएको, पक्राउ पुर्जी जारी भएका सांसद भागेको तथा सबै सांसदले सम्पत्ति विवरण बुझाएकाले वेबसाइटबाट सार्वजनिक गर्न माग गर्नुभयो ।

उहाँले प्रश्न गर्नुभयो- “शरणार्थी प्रकरणमा सार्वजनिक भएको अडियो टेपको छानबिनन गर्दा एक महिला सांसदले महिला हिंसा भयो भन्नुभयो भन्दै भ्रष्टाचारमा कहाँबाट लैंगिक हिंसा जोडिएर आयो ?”

सांसद ठाकुरप्रसाद गैह्रेले भूटानी शरणार्थीका बारेमा के भइरहेको छ ? भनी जिज्ञासा राख्नुभयो । सांसद तेजुलाल चौधरीले गृह मन्त्रालयअन्तर्गत भएको शरणार्थी काण्ड ठगी प्रकरण भएको उल्लेख गर्नुहुँदै यसमा संलग्नलाई छानबिन गरेर कारबाही गर्न माग गर्नुभयो ।

सांसद देवेन्द्र पौडेलले शरणार्थी काण्डमा कसैको प्रभावमा नपरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । सांसद प्रदीप यादवले पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भाग्नुले दोषी भएको प्रमाणित गरेको बताउनुभयो ।

रायमाझी नेपालमै रहेको र प्रहरीको सम्पर्कमा रहेको सुनिएको उल्लेख गर्नुहुँदै उहाँले नेपालको छवि विश्वमै बिग्रिएकाले दोषीलाई कारबाही गर्न पछि हट्न नहुनेमा जोड दिनुभयो ।

सांसद प्रेम सुवालले शरणार्थी प्रकरणमा शीर्ष नेताको निरन्तर चलिरहने भेटघाट एवं बैठक दोषीलाई जोगाउन हो भनी प्रश्न गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.