राजनीति

टोपबहादुर रायमाझीको घरमा प्रहरी छापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पूर्जी जारी गरेका पूर्व मन्त्री तथा सांसद टोपबहादुर रायमाझीको ललितपुरस्थित घरमा प्रहरीले छापा मारेको छ ।

मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले ललितपुर खुमलटार क्षेत्रमा रहेको रायमाझीको घरमा प्रहरीको विशेष टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा छापा मारेको प्रहरीले जनाएको छ ।

नेकपा (एमाले)का सचिव र पूर्व उपप्रधानमन्त्री रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ।

यो घटनामा यसअघि उहाँका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका केही व्यक्ति पक्राउ प।िरसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.