टोकियो विश्वविद्यालयले सुरु गर्यो कोरोना भाइरस संक्रमणको औषधि परीक्षण
शुक्रबार मात्र जापान सरकारले अमेरिकामा निर्मित इबोलोको औषधि रेमडेसिविरलाई कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिए लगत्तै टोकियो विश्वविद्यालयले कोरोना संक्रमितहरुको उपचारका लागि सम्भावित औषधिको परीक्षण सुरु गरेको छ ।
समाचार अनुसार विश्व्विद्यालयको एक अनुसन्धान टोलीले नेफामोसटेट मेजिलेट कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रभावकारी हुने भन्दै परीक्षण आरम्भ गरेका हुन् । यो औषधि पेन्क्रियाटाइटिस अर्थात् तीव्र अग्नाशयशोथ र रगत जमाउने तथा अन्य बिरामीको उपचारमा प्रयोग गरिन्छ । फुथान ब्राण्डको नामबाट विक्री हुने गरेको छ ।
कोरोना भाइरस संक्रमित केही व्यक्तिको रगत रगत जमेर स्वास्थ्य अरु बिग्रेपछि यो औषधिको प्रयोगको परीक्षण सुरु गरिएको हो । विश्व्विद्यालय अस्पताल र जापानका पाँच अन्य स्वास्थ्य प्रतिष्ठानले जाँच गरेका १ सय ६० बिरामीहरुमा कोरोना भाइरसका काण निमोनियो भएको थियो । यी बिरामीहरुलाई दुई समूहमा विभाजन गरेर परीक्षण सुरु गरिएको छ ।
अहिले आधा बिरामीलाई फुथानसंगै फ्लू प्रतिरोधी औषधि एविगनन र अर्को समूहलाई केवल एविगत मात्र दिने गरिएको छ । यो परीक्षणबाट अनुसन्धानकर्ताहरु फुथान कोरोना भाइरस संक्रमणको उपचारमा फुथान प्रभावकारी र सुरक्षित औषधि हो कि हैन पत्ता लगाउन चाहन्छन् । यद्यति प्रयोगशालामा गरिएको परीक्षणमाा भने यो औषधि भाइरस संक्रमण बढाउन भने कम गर्नसक्छ ।
प्रतिक्रिया राख्नुहोस्