जन सरोकार

काठमाडौंमा लकडाउन खुल्योे कि छ ? कार्यालय जाने आउनेलाई सुरक्षित व्यवस्था खै ??

तलको तस्वीर हेर्दा अहिलेको नभएर पुरानो होला भन्ने अनुमान गर्न सकिन्छ तर यो २०७७ वैशाख २८ गते आइतबार सुन्धाराको हो । सरकारले अत्यावश्यक सेवाका क्षेत्र खुला गर्ने निर्णय गरेसंगै शहरमा गाडीका ताँती देखिएको हो ।

यो दृश्यले काठमाडौंमा लकडाउन हटेको भान हुन्छ । झण्डै ५० दिनपछि काठमाडौंका सडकमा सवारी साधनको जाम देखियो तर यो खुसीको कुरा नभएर भथ डरको विषय हो । किनभने लकडाउनमा सामाजिक दूरी कामय गर्नुपर्ने मान्यता भए पनि सवारी साधनको यो भीडले लकडाउन पूरै उल्लंघन भएको छ । आइतबारदेखि सवारी साधन आवागमनमाा टाइम कार्ड लागू गरिएको बताइए पनि यो दृश्यले लकडाउन कायम रहेको घोषणा गरिए पनि यसलाई कडाई नगरिएको बुझ्न गाह्रो छैन ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर आइतबार काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेपछि लकडाउनको अवज्ञा गर्न सरकार नै उद्यत रहेको देखिन्छ ।

आइतबारदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु खुला गर्ने निर्णय गरेको छ । यो आवश्यक थियो तर त्यसका लागि व्यक्तिगत र सार्वजनिक सवारी साधन संचालन हुन दिने कि सुरक्षित व्यवस्था गर्ने भन्नेमा सरकार चुकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.