गण्डकीप्रदेश

अविश्वासको सामना नगरी मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री गुरुङविरुद्ध गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकाले त्यसमाथि सोमबार गण्डकी प्रदेशसभामा मतदान हुने कार्यक्रम थियो । सोअगावै नेकपा(एमाले) संसदीय दलका नेताका रूपमा रहनुभएका मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो ।

उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।



प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रिपरिषद्ले हालसम्म गरेका कामप्रति धन्यवाद दिँदै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको १६९ को उपधारा (३) बमोजिम मौजूदा काम सञ्चालन गर्न र धारा १६८ को उपधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button