राजनीति

माधव पक्षका सांसदहरुले राजीनामा नदिने, अधिवेशनमा अनुपस्थित हुने

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन अरुलाई समेत आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन सामूहिक राजीनामा दिने तयारी गरेका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा नदिने तर विशेष अधिवेशनमा उपस्थित नहुने निर्णय गरेका छन् ।

माधव नेपाल

सोमबार विहान बसेको माधव समूहको बैठकले राजीनामा नदिने, पार्टी अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत भने नदिने निर्णय गरेको हो । त्यस्तै नेपाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन समेत अरुलाई आग्रह गरेको छ ।

२ जेठ २०७५ को पार्टी संरचनामा फर्किने र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने प्रतिवद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समय सकिएपछि सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सांसद भीम रावलले आज प्रधानमन्त्री ओलीले विश्वासको मत माग्नु भएकाले उहाँलाई विश्वासको मत नदिँदा नै पर्याप्त हुने भन्ने निष्कर्षका साथ राजीनामा नदिने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.