राजनीति

जसपाको दुई धार- महन्थ तटस्थ, उपेन्द्र विपक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासका मत लिने क्रममा नयाँ सरकार गठनका लागि महत्वपूर्ण शक्ति बनेको जनता समाजवादी पार्टी (जसपा) दुई अध्यक्षमध्ये एक अध्यक्ष प्रस्तावमा तटस्थ बस्ने र अर्का अध्यक्षले विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् ।

विश्वासको मत लिन आव्हान गरिएको प्रतिनिधिसभाको विशेष बैठकमा बोल्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो माग पूरा नभएकाले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि नलागी तटस्थ बस्ने निर्णय लिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ’ ।

उहाँले अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको बताउँदै भन्नुभयो ‘प्रदेशका सांसद तारिखमा छन् । मेयरहरु तारिखमा छन् । सयौं कार्यकर्ता जेलमा छन् । यो संविधानले गर्दा’ ।

बैठकमा सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताउनुभयो । प्रधानमन्त्रीलाई मत दिन नसक्ने कारण बताउँदै यादवले भन्नुभयो संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनस्र्थापित गरिदियो । जुन संसदमा विश्वास छैन, कसरी मत दिने ?’

यादवले संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताउँदै नागरिकता समस्या मधेशको हो भन्ने बुझाइले नै अगाडि नबढाइएको पनि यादवले आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओली संघीयता र समानुपातिकर, समावेशिता विरोधी भएको आरोप लगाउँदै यादवले संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइदैन भन्ने निर्णय गर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.