राजनीति

प्रधानमन्त्री ओली पदमुक्त- विश्वासको मत लिन असफल

प्रस्तावको पक्षमा ९३ मत, विपक्षमा १२४ र १५ सांसद तटस्थ रहे

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत प्राप्त गर्न सक्नुभएन । सामेबार प्रतिनिधिसभाको विशेष अधिवेशनमा उहाँले गर्नुभएको विश्वासको मतको प्रस्ताव पारित नभएपछि स्वतः पदमुक्त हुनुभएको छ ।

सत्तारुढ एमालेकै सांसदअरुको अनुपस्थित रहेको अधिवेशनमा प्रस्तावको पक्षमा ९३ मत, विपक्षमा १२४ र १५ सांसद तटस्थ रहेका थिए ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । कुल सांसद संख्या २७५ भए पनि मतदानमा २३२ जना मात्र उपस्थित थिए । मतगणनापछि सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री ओलीको प्रस्ताव असफल भएको घोषणा गर्नु भएको हो ।

बैठकमा कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो । संख्या २३२ पक्षमा ९३ विपक्षमा साँसद १२४ तटस्थ सांसद १५ रहनु भएको छ ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button