राष्ट्रपतिबाट बहुमतको सरकारका लागि आह्वान गर्न तयारी
तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह
राष्ट्रपति विद्यदेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि बहुमतको सरकारका लागि आव्हान गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएपछि बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नुभएको हो ।

प्रधानमन्त्री ओली अल्पमतमा परेर स्वतः पदमुक्त भएको आधिकारिक पत्र संसद सचिवालयबाट प्राप्त भएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नुभएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताउनुभएको छ ।
उता विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गर्नुभएको हो ।
बहुमतको सरकारका लागि आफूहरुसंग मत रहेको दावी गर्दै तीन दलले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको हो ।
उता माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने धारा ७२ (२) को अभ्यास नगरी एकपटकै ७६ (३) मा लैजाने षड्यन्त्र भइरहेको आरोप लगाउँदै अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको दावी गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्