सोमबार थपिए नौ हजार दुई सय ७१ संक्रमित, एक सय ३९ जनाको मृत्यु
सोमबार नेपालमा अहिलेसम्मकै बढी कोरोना भाइरस (कोभिड १९)का संक्रमिथ थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । देशभर १७ हजार ६ सय २३ जनाको आरटी–पीसीआर र ७ सय ८८ जनाको एन्टिजेन परीक्षणबाट ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।
सोमबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ । यो कुल संक्रमितको ७७.४ प्रतिशत हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २६ लाख ५२ हजार १३० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९३ हजार १४१ जना आइसोलेसन र ४२७ जना क्वारेन्टिनमा छन् ।
प्रतिक्रिया राख्नुहोस्