जल/वातावरण
प्रदेश ५ कोरोनाको 'हटस्पट' बन्दै- कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नं. ५ कोरोना भाइरस संक्रमणको नयाँ हटस्पट बन्दै गएको छ । भारतबाट लुकिछिपी नेपाल प्रवेश गनेृहरुका कारण कोरोना संक्रमण फैलिरहेको कपिलवस्तुमा सामेबार विहान १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसरी संक्रमित हुनेमा १८,१९,२४, ३०, ३१ वर्षका एक-एक पुरुष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरुष रहेका छन् । यसैगरी एक जनाको भने उमेर खुलेको छैन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा संक्रमितहरु कपिलवस्तुका यशोधरा गाँउपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० बाट रहेको जनाइएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्