जन सरोकार

बुधबारसम्म लिपुलेक क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसँग सीमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले बुधबारसम्म कालापानी क्षेत्र छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने गरी तयारी गरेको छ ।

समाचार अनुसार हाललाई व्यासको छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाइने र यसको तयारी अन्तिम चरणमा पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले दिएको जानकारी अनुसार गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ ।

स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाइने छ ।

स्मरणीय के छ भने सन २०१५ मा भारत र चीनबिच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति भएपछि यो सडकलाई भारतले प्राथमिकतासाथ निर्माण गरेको छ । भारतले उक्त सडकलाई तीव्रता दिन अन्तर्राष्ट्रिय कानुन र नेपालको सहमतिविपरित दुई वर्षदेखि तम्बाकु, घाटिबगर लगायत नेपाली भूमिमा सडक र काठेपुल निर्माण गरेर स्काभेटर र मजदुरलाई आवतजावत गराउँदैआएको थियो ।

अहिले दार्चुलाको उत्तरी सीमाक्षेत्र मानव बस्तीविहीन छ । सीमा जोड्ने सडक निर्माणमा भएको ढिलाइ र राज्यको कमजोर उपस्थितिको मौका छोपेर भारतले सीमा अतिक्रमण गर्दैआएको छ । सके कुटनीतिक माध्यमबाट नभए अन्तरर्राष्ट्रिय अदालत गएर भए पनि नेपालले अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने र सीमा क्षेत्रसम्म तत्काल सडक र सुरक्षा उपस्थिति गराउनुपर्ने स्थानीयको माग छ ।

बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिनुभयो । “गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो । बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टको भनाइ छ ।

सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो ।

सम्बन्धित खबर

Back to top button