नेपालीहरुको बाक्लो उपस्थिति रहेको नागोया शहरमा सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कोरोना संक्रमणको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै दर्शकको सहभागिता नगराई खेलाडीलाई मात्र मैदानमा उतार्ने तयारी सहित प्रतियोगिता गर्न लागिएको आयोजक धरान एफसी जापानले जनाएको छ ।

आगामी मे ३० तारिक आइतबारका दिन हुने प्रतियोगितामा जापानमा चर्चित क्लहरुले सहभागिता गराउने आयोजक धरान एफसीका अध्यक्ष योमन देवानले जानकारी दिनुभयो ।
प्रतिकुल समयका बावजुत पनि नेपाली युवाहरुमा भाईचार प्रगाढ गराउने तथा युवाहरुमा देखिएको मानसिक तनाव लगायतका समस्यालाई समेत कम गर्ने उदेश्यले प्रतियोगिता उपयोगी हुने कार्यक्रम संयोजक सविन राईले दावी गर्नुभयो ।
प्रतिस्पर्धामा उपाधी विजेता टिमले दुईलाख ५२ हजार ५२५तथा उपविजेताले एकलाख ५१ ह्जार ५१५ येन नगद सहित पुरस्कार हात पार्नेछन ।
आयोजक क्लवका सल्लाहकार दीपक कार्की तथा दियालो रेष्टुरेन्ट एवं मनोज बम मल्लको अभियान ईन्टरनेशनलले प्रायोजन गरेको प्रतियोगितामा सिनियर खेलाडीलाई सम्मन स्वरुप एनआरएनए भेट्रान तथा नागो भेट्रानबीच मैत्रीपूर्ण खेल समेत हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्