विश्व समाचार

राष्ट्रपति सीद्वारा विकासका निम्ति आत्मविश्वासलाई बलियो बनाउन आह्वान

चीनका राष्ट्रपति सी चिन फिङले बुधबार सियाङआन नयाँ क्षेत्रको विकासमा निरन्तर प्रगति हासिल गर्न ठोस कदम चाल्दै आत्मविश्वासलाई बलियो बनाउनका निम्ति दृढ संकल्पित हुन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति सी चिन फिङ

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले उत्तरी चीनको हेबेई प्रान्तको सियाङआनको निरीक्षण र त्यसको विकास प्रवर्द्धनसम्बन्धी बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।

राष्ट्रपति सीको साथमा प्रधानमन्त्री ली छ्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव काइ छ्याङ र उपप्रधानमन्त्री दिङ सुएङयाङ पनि सहभागी हुनहुन्थ्यो । ली, काई र दिङ सबै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.